जिरो किमीको जुवाखालबाट ९४ हजारसहित ९ जुवाडे पक्राउ
पाेखरा | फागुन १८, २०८०
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले जुवाखालबाट ९ जनालाई पक्राउ गरेको छ ।
कास्की प्रहरीले बिहीबार पोखरा महानगरपालिका–५ जिरो किमीस्थित धौलागिरी आगमन रेष्टुरेन्ट एण्ड लजबाट नगद रु ९४ हजार ४० र ३ बुक ताससहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पोखरा ५ बस्दै आएका म्याग्दीको धौलागिरी गाउँपालिका–१ का ५१ वर्षीय पदम लामासहित ९ जना रहेका छन् ।
पक्राउ परेका उनीमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
लेखनाथ: महोत्सवको पनि महोत्सव लेखनाथ महोत्सव जारी २१ औं संस्करणको तेश्रो दिन शनिवार दर्शको घँुइचो लागेको छ । शनिबार बिदाको दिनपरेकोले स्थानीय, संघ संस्था र विद्यालयका विद्यार्थीसमेतक...
पोखरा: नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले पोखरा–२२ कालाबाङमा पर्यटन सम्बन्धी अन्तरक्रिया गरेको छ । फोनिजको आयोजना, फोनिज गण्डकीको समन्वय र फोनिज कास्कीको शनिबार पोखरा २२ मा रहे...
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले चोरी गरेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मादी गाउँपालिका–६ तप्राङ घर भई हाल पोखरा–१ भीमकालीपाटन बस्ने २१ वर्षीय ...

